रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाको पार्टी कार्यालय उद्घाटन भएको छ । आज एक कार्यक्रमका बिच पार्टीका कर्णाली प्रदेश इन्चार्ज राजकुमार शर्माले पार्टी कार्यालयको उद्घाटन गर्नुभएको हो ।
पार्टी कार्यालय चौरजहारी नगरपालिका वडा नम्बर ३ मा सडक डिभिजन कार्यालय नजिकै रहेको पार्टीका कर्णाली प्रदेश सदस्य युवा नेता एलबि कटुवालले जानकारी दिनुभयो । जिल्लामा पालिकामा पहिलो कार्यालयका रूपमा चौरजहारीमा पार्टी कार्यालय उद्घाटन भएको हो । जिल्ला पार्टी कार्यालय भने मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा रहेको छ ।
भर्खरै स्थापना भएको पार्टीले जिल्लामा सङ्गठन विस्तारको काम जारी राखेको छ । सोही अन्तर्गत पार्टी कार्यालय स्थापना गरिएको र अब पार्टी गतिविधि सञ्चालनमा सहजता आउने युवा नेता कटुवालले बताउनुभयो । यति बेला प्रलोपा वडा वडामा पुगेर सङ्गठन विस्तार गरिरहेको छ । जनार्दन शर्माको नेतृत्वमा स्थापना भएको प्रलोपा रुकुम पश्चिममा आफ्नो शक्ति मजबुत बनाउने गरी लागि परेको छ ।





-1759842583.jpg)