चर्चित डाक्टर गोविन्द केसीले रुकुम पश्चिमको चौरजहारी नगर अस्पतालमा सेवा दिइरहनुभएको छ । नगरपालिकाको वडा नम्बर १० को चिन्ने बगरमा सञ्चालित सहिद स्मृति नगर अस्पतालमा अर्थोपेडिक डा. केसीले आजबाट सेवा दिन सुरु गरेको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँले आज माघ ४ गते आज देखि माघ ८ गतेसम्म नगर अस्पतालबाट हाडजोर्नी र नसा सम्बन्धी उपचार सेवा प्रदान गर्ने ढकालले बताउनुभयो । डा. केसीले नेपालका मात्र नभई विभिन्न देशका दुर्गम ठाउँमा पुगेर सेवा दिइरहनुभएको छ । जसअनुसार डा. केसी रुकुम पश्चिमको चौरजहारी नगर अस्पतालमा सेवा दिनका लागि शनिवार रुकुम पश्चिम आइपुग्नुभएको छ ।
नगर अस्पतालमा हाडजोर्नी तथा नसा रोग सम्बन्धी विशेषज्ञ डाक्टर केसीले सेवा दिइरहेको जानकारी गराउँदै नगरपालिकाले बिरामीहरूलाई सेवा लिएर मौकाको फाइदा उठाउन अनुरोध गरेको छ । आफ्नै गाउँ ठाउँमा विशेषज्ञ सेवा प्रदान भइरहेकोले यो मौका नछुटाउन निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले नगरवासी सहित अन्य ठाउँका बिरामीहरूलाई अनुरोध गर्नुभएको छ ।
यो शिविर नभई नियमित उपचार सेवामा डाक्टर के.सी. को प्रत्यक्ष संलग्नता रहेको उहाँको भनाई रहेको छ । डाक्टर केसी मेडिकल शिक्षा सुधारको माग सहित कयौँ पटक आमरण अनसन बसिसक्नुभएको छ ।





-1759842583.jpg)