Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिममै पुगेर गोपाल शर्मालाई टिकट दिदै प्रचण्डले भने जितकाे शुभकामना

नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुम पश्चिममै पुगेर गोपाल शर्मालाई टिकट दिनुभएको छ । रुकुम पश्चिमबाट शर्माको नाम यसअघि निश्चित भइसके पनि प्रचण्डले आज जिल्लामै पुगेर आधिकारिक रूपमा टिकट प्रदान गर्नुभएको हो ।

उहाँ उम्मेदवारी मनोनयन दर्ता गर्न रुकुम पूर्व जाने क्रममा रुकुम पश्चिम पुग्नुभएको हो । जस क्रममा सहिद प्रतिष्ठानको सभा हल शेरिगाउँमा प्रचण्डले शर्मालाई टिकट प्रदान गर्नुभयो भने संक्षिप्त सम्बोधन गर्नुभएको थियो । उहाँले गोपाल शर्मालाई जितको शुभकामना दिनुभएको थियो ।

जनार्दन शर्मा विचलित भएपछि चुनौती थपिए पनि मेहनतका साथ लागेमा जित सुनिश्चित रहेको उहाँले बताउनुभयो । 

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update