नेपाल कम्युस्टि पार्टी (बहुमत) रुकुम पश्चिमले विरोध प्रर्दशन तथा जनसभा कार्यक्रम गरेको छ । आज बहुमतले जिल्ला सदरमुकामस्थित कालिका स्थानमा विरोध प्रर्दशन तथा जनसभा कार्यक्रम गरेको हो । स्वाधीन जनसरकार र जनसंविधानका निम्ती निर्वाचन बहिष्कार सम्बन्धी विरोध प्रर्दशन गरिएको नेकपा(बहुमत) जिल्ला संयूक्त संघर्ष समिति रुकुम पश्चिमले जनाको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(बहुमत)का केन्द्रिय सदस्य मोतिराम खड्काले जेन्जी आन्दोनलबाट स्थापीत भएको सरकारले भ्रष्टचारलाई जेल हाल्न छोडेर जेन्जी युवाहरुलाई नै जेल हाल्न खोजेको र देश जलाउनेहरु नै सरकारको कुर्सीमा रहेकाे आरोप लगाउनुभयो । हामिले दिने भोटमा साचिकै जनताले चाहेको जस्तो सरकार बन्न नसक्ने भन्दै चुनाव बहिस्कार गर्नुपर्ने उहाँको भनाई थियो ।
कुनै पार्टी तथा नेताहरुले निर्वाचित भएर जादा किसान तथा मजदुरको लागि नसोच्ने र आफ्नो स्वार्थको लागि मात्र सोच्ने प्रवृती भएको र अहिले संविधानबाट जनताले निकास नपाउने स्तिथी भएकाले चुनाव बहिस्कार गर्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रमको संचालन नेकपा(बहुमत)का नेता सोमपाल कामीले गर्नुभयएको थियो ।





-1759842583.jpg)