Kakhara सबैको खबर सम्पूर्ण खबर
उज्यायाे नेपाल पार्टीबाट रुकुम पश्चिमकाे टिकट नरेन्द्र केसीलाई

कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबाट रुकुम पश्चिमको टिकेट नरेन्द्र केसीले पाउनुभएको छ । लामो समय देखि गैरसरकारी संस्था र विभिन्न सामाजिक संस्थामा कार्यरत केसीले प्रतिनिधि सभाको टिकेट पाउनुभएको हो ।

सम्भावित सबै प्रकारका उज्याला उपलब्धिहरू, सद्भाव, सहयोग, तीव्र आलोचना र चुनौतीहरूलाई आत्मसात् गर्ने प्रतिबद्धता सहित संसदीय राजनीतिमा होमिएको केसीले सामाजिक सञ्जाल मार्फत घोषणा गर्नुभएको छ ।

पूर्व ऊर्जा मन्त्री तथा नेपालमा विद्युत् लोडसेडिङ अन्त्य गरेर सफल नेतृत्वको उदाहरण प्रस्तुत गर्नुभएका आदरणीय कुलमान घिसिङज्यूको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीको तर्फबाट
रुकुम पश्चिम निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिनका लागि मलाई पार्टीको टिकट प्राप्त भएको जानकारी गराउन पाउँदा गौरव महसुस गरेको छु, उहाँले फेसबुकमा लेख्नुभएको छ ।

सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा दृढ अडान लिँदै कसैमाथि अनावश्यक आलोचनाको खेती नगरी आफूमाथि उठ्ने प्रत्येक प्रश्नको तथ्यगत र जिम्मेवार जवाफ दिँदै, जनतासँग हार्दिक संवाद र अन्तरक्रिया गर्दै अत्यन्तै नवीन, लोकतान्त्रिक र समावेशी अभ्यासमार्फत रुकुम पश्चिम जिल्लाको सशक्त प्रतिनिधित्व गर्ने संकल्पका साथ नेपालको पछिल्लो ऐतिहासिक जे जी- आन्दोलन पूर्व र पश्चात्  नेपाली नागरिकले अपेक्षा गरेको एक सबल, वैकल्पिक र विश्वसनीय राजनीतिक शक्तिका रूपमा स्वस्थ प्रतिस्पर्धामार्फत आफ्नो भूमिका निर्वाह गर्ने उद्देश्यले आज उम्मेदवारी दर्ता गर्ने उहाँले उल्लेख गर्नुभएको छ ।

आफ्नो तथा पार्टी दुवैको तर्फबाट छिट्टै नै चुनावी घोषणापत्र अर्थात् स्पष्ट भिजन, मिसन र लक्ष्यसहितको नीति तथा कार्यक्रम सार्वजनिक गरिने जानकारी समेत उहाँले गराउनुभएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update