नेपाली काँग्रेसले रुकुम पश्चिमको टिकेट राजु केसीलाई दिएको छ । पार्टीले अन्ततः केसीलाई आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फको टिकेट केसीलाई दिएको हो ।
जिल्लाबाट पूर्व राज्य मन्त्री तथा पाका नेता गाेपालजिजंग शाह र जिल्ला सभापति प्रेमप्रकाश ओलीलाई सिफारिस गरिएको थियो । तर पार्टी नेतृत्व फेरिएपछि युवा नेता केसीले बाजि मार्नुभएको हो । युवा माझमा चर्चित केसीले टिकेट पाएपछि काँग्रेस रुकुम पश्चिममा तरङ्ग छाएको छ ।
विधि विपरीत टिकेट दिइएको भन्दै पार्टीको ठुलो खेमाले असन्तुष्टि जनाएको छ । जिल्लाबाट सिफारिस नभएका व्यक्तिलाई जिल्ला सभापतिको समेत राय नलिई केसीलाई टिकट दिइएको भन्दै जिल्ला सभापति ओलीले आपत्ति जनाउनुभएको छ ।

जिल्लाबाट उम्मेदवार नै सिफारिस नभएका र राजनीतिमा योगदान नभएकालाई पनि उम्मेदवार बनाउनु पर्दा र जिल्ला सभापति लाई एक पटक पनि नसोधी गरेको निर्णयले कत्तिको सार्थकता पाउला ? सभापति ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रश्न गर्नुभएको छ ।
नयाँ र युवाले टिकट पाएको भन्दै धेरैले समर्थन समेत गरेका छन् ।





-1759842583.jpg)