Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिममा जनमाेर्चाका सत्यनारायणकाे पहिलाे मनाेनयन

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रूकुम पश्चिममा पहिलाे उम्मेदवारी राष्ट्रिय जनमाेर्चाका सत्य नारायण श्रेष्ठकाे परेकाे छ । उहाँले जिल्ला समन्वय समितिमा रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर मनाेनयन दर्ता गराउनुभएकाे हाे ।

जिल्लामा अहिलेसम्म मनाेनयन सुस्त देखिएकाे छ । दिउँसाे सवा १ बजेसम्म एक जनाकाे मात्र मनाेनयन दर्ता भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update