Kakhara सबैको खबर सम्पूर्ण खबर
जनार्दन शर्माद्वारा प्रलाेपाका तर्फबाट रूकुम पश्चिममा उम्मेदवारी

जनार्दन शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रूकुम पश्चिमबाट उम्मेदवारी दिनुभएकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यालय पुगेर उहाँले प्रगतिशील लाेकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएकाे हाे ।

उहाँले यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट चुनाव जितेर विभिन्न मन्त्रालयकाे जिम्मेवारी सम्हालिसक्नुभएकाे छ । उहाँ २०६४ देखि निरन्तर विजयी हुँदै आउनुभएकाे छ । यसपटक भने उहाँले नयाँ दल प्रलाेपा निर्माण गरेर चुनावमा हाेमिनुभएकाे छ । 

 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update