Kakhara सबैको खबर सम्पूर्ण खबर
जनतालाई धोका दिन जानेको छैन, जनताको काम गर्न फेरी आएको छू : प्रलोपाका उम्मेवार जनार्दन शर्मा 

प्रगतिशिल लोकतान्त्रिक पार्टी(प्रलोपा)रुकुम पश्चिमबाट आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्यका उम्मेदबार तथा पुर्व अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरणले आफुले रुकुमेली जनतालाई कहिल्यै धोका नदिएको बताउनुभएको छ । उम्मेदवार दर्तापछि प्रलोपा रुकुम पश्चिमले मुसिकोट १ कालिकास्थानमा आयोजना गरेको कोण सशालाई सम्बोधन गर्दै उम्मेदवार शर्माले आफु निरन्तर जनताको साथमा रहेको र जनताको कामदार भएर काम गरिरहेको बताउनुभयो । 

रुकुमेली जनताले पुनः पनि आफुलाई खोजेको उल्लेख गर्दै आफुले उम्मेवादरी दर्ता गरेको बताउनुभयो । ‘‘म कुनै नेता भएर होइन कामदार भएर आएको छु, जनताको सेवा गर्नको लागि तपाईहरुको विचमा आएको छू किन भने रुकुमेली जनताले खोजे, तपाईहरुले आउनुपर्छ भन्नुयभो माग गर्नुभयो म आए उम्मेवार शर्माले भन्नुभयो ।’’ प्रगतिशिल लोकतान्त्रिक पार्टी निर्माण गरेर अगाडी बढ्काे उल्लेख गर्दै पुराना पार्टीले प्रगति र विकासको क्रान्तिलाई यथास्थितीमा राखेर जनताका कुरा छोडर गएपछि नयाँ पार्टी निर्माण गरेको बताउनुभयो । विगतमा पार्टीलाई निर्वाचन प्रक्रियाबाट अगाडी बढ्न नदिएको पनि उहाँको भनाई थियो । 

लगातार १८ वर्ष रुकुमका जनताले काम दिएको उल्लेख गर्दै आफ्नो  नभएर जनताको रोजाइमा उम्मेदवारी दिएकाे  शर्माले बताउनुभयो । केही अधुरा कामलाई पुरा गर्नपनि आफु उम्मेवार बनेको र रुकुमेली जनताले पुनःपनि साथ दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । पार्टीले अव युवा केन्द्रित पुर्वाधार, खेलकुद रगंशालामा जोड दिने र यातायातको क्षेत्रमा स्तरउन्न्ती भएको उल्लेख गर्दै दैनिक रुकुममा ठुलो हवाइजहाज आउने योजना सम्पन्न गर्ने गरी काम गर्ने बताउनुभयो । त्यस्तै डायलासिसको उचारको लागि काठमाडडौ जानुपर्ने बाध्यता अन्त्य गर्न अस्तपाल निर्माण गरी रुकुम पश्चिमै  मेडिकल कलेज समेत संचालन गर्ने योजना रहेको  उम्मेदवार शर्माको भनाई  थियो । 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update