उम्मेदवारी दर्ता
नेपाली काँग्रेस रुकुम पश्चिमबाट राजु केसीको उम्मेदवारी दर्ता
नेपाली काग्रेस रुकुम पश्चिमबाट युवा नेता राजु केसीले उम्मेदवारी दर्ता गराउनुभएको छ । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय मुसिकोट १ खलंगामा पुगेर केसीले आगामी फागुन २१ गतेहुने प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको हो ।
यस अघि नेपाली काग्रेस जिल्ला कार्यसमितिले गोपालजिङ शाह र जिल्ला सभापति प्रेमप्रकाश ओलीलाई उम्मेवादरको सिफारिस गरेको थियो । तर विषेश महाधिवेशनबाट गगन थापाले निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेपछि भने केसीले टिकेट प्राप्त गर्नुभएको हो ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२ १७:४०
प्रतिक्रिया दिनुहोस्




-1759842583.jpg)