Kakhara सबैको खबर सम्पूर्ण खबर
मेराे उम्मेदवारी रूकुमेली जनताको समृद्धिका लागि हाे: अनल

नेपाली कम्युनिस्ट पार्टीका रुकुम पश्चिम उम्मेदवार गोपाल शर्मा अनलले आफ्नो उम्मेदवारी रूकुमेली जनताको समृद्धिका लागि रहेको बताउनुभएको छ । उम्मेदवारी दर्ता पछि सञ्चारकर्मी सँग कुराकानी गर्दै उहाँले रुकुम र रूकुमेलीका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

साथै उहाँले रूकुमकाे कम्युनिस्ट विरासत जोगाउने बताउनुभयो । `रुकुम कम्युनिस्टको गढ हो, यो तपाइहरूलाई थाहा नै छ, हामी त्यो विरासत जोगाउँछौँ,´ उहाँले भन्नुभयो । आफ्नो जित सुनिश्चित रहेको पनि उहाँले दाबी गर्नुभयो ।

गुरु चेलाको प्रतिस्पर्धा हुने भयो नि, तपाईँको जितमा कत्तिको असर गर्ला भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुभयो-`गुरु गुड नै रहन्छ, चेला सक्खर हुन्छ, मलाई समस्या हुन्न ।´ त्यस्तै उहाँले जनार्दन शर्मा प्रभाकरबाट आफूलाई सहयोग नै रहने समेत बताउनुभयो ।

उम्मेदवारी दर्ता पछि उहाँले आफ्ना प्रतिस्पर्धी जनार्दन शर्मासँग भेट पनि गर्नुभएको थियो । उहाँले प्रगतिशील लोकतान्त्रिक पार्टीको कार्यालयमा गएर जनार्दन सँग भेट गर्नुभएको हो । 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update