आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसबाट रुकुम पश्चिममा उम्मेदवारी दिनुभएका राजु केसीले हाल देखिएका तमाम समस्याका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।
हिजो उम्मेदवारी दर्ता पछि उहाँले सुशासन कायम, भ्रष्टाचार नियन्त्रणका लागि जेनजी आन्दोलन भएको र त्यसपछि नेपाली काँग्रेस भित्र पनि ठुलो विद्रोह भएको भन्दै उहाँले फेरिएको अवस्थाको नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको प्रतिक्रिया दिनुभयो ।
अहिलेको अवस्थाको नेतृत्व गर्न सक्छ भनेर नै पार्टीले आफूलाई विश्वास गरेर टिकट दिएको समेत उहाँले बताउनुभयो । साथै उहाँले आत्मनिर्भर रुकुमको सपना साकार पार्ने बताउनुभएको छ । ‘हाम्रा बारी बाँझै छन्, ती बारीमा केही रोप्दा खेरी हाम्रा सन्तानहरू जिल्लामै अडिन सक्छन्, आत्मनिर्भर हुन सक्छन्, विकास हुनसक्छ र समृद्धि ल्याउन सक्छन्, हाम्रो रुकुम पश्चिम भ्रष्टाचार मुक्त हुन सक्छ,’ उहाँले भन्नुभयो ।
तपाइलाई टिकट दिँदा काँग्रेस रुकुम पश्चिममा ठुलो असन्तुष्टि देखियो नि भन्ने प्रश्नमा उहाँले आफूलाई सबैको साथ रहेको दाबी गर्नुभयो । ठुलो दलमा साना साना कुरा भइरहने भन्दै उहाँले आफूलाई सिङ्गो पार्टी पंक्तिको साथ रहेको र आफ्नो टिकेटले पार्टीमा ऊर्जा थपेको उहाँले बताउनुभएको छ ।




-1759842583.jpg)