Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुमको अनुहार फेर्नुपर्छ भनेर उम्मेदवारी दिएको छुः देवकोटा

नेकपा एमालेका रुकुम पश्चिम उम्मेदवार नन्दराम देवकोटाले आफूले जिल्लाको मुहार फेर्नुपर्छ भनेर उम्मेदवारी दिएको बताउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्तापछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । 

‘यहाँको भ्रष्टाचार, अनियमितता विरुद्ध, सुशासनका लागि, रुकुमेली जनताको हितको पक्षमा, यहाँको विभेदको अन्त्यका लागि मेरो उम्मेदवारी हो’ उहाँले भन्नुभयो । आफ्नो मुख्य प्राथमिकता जिल्लाको समृद्धिका लागि विशेष गरी जनताको आवश्यकता अनुसार काम गर्ने र चुहावट तथा भ्रष्टाचार रोक्नु रहेको उहाँको भनाई छ । 

यी नै आफ्ना जितका आधारहरू रहेको उम्मेदवार देवकोटाले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update