Kakhara सबैको खबर सम्पूर्ण खबर
वाइसिएल चौरजहारीको अध्यक्षमा रुपेश गिरी चयन 

नेपाली कम्युष्टि पार्टी(नेकपा) रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सहायक संगठन योङ कम्युष्टि लिग(वाइसिएल)को पार्टी एकता पछिको प्रथम भेला सम्पन्न भएको छ । पुर्ण शान्त सहिद स्मृति भवनमा बिहिबार भएको युवाहरुको भेलाले नयाँ कार्य समिति निर्माण गरेको छ । युवाहरुको भेलाबाट रुपेश गिरीको अध्यक्षतामा ४५ सदस्यीय वाइसिएलको नयाँ नगर कार्यसमिति निर्माण गरिएको नेकपा चौरजहारीले जनाएको छ ।

जसको उपाध्यक्षमा जयप्रकाश स्र्वणकार, शुवास विक, सचिवमा तिलक डाँगी, सह सचिवमा शैगात रोका, विनय पुन र कोषाध्यक्षमा उमा विक चयन भएको नेकपा चौरजहारीले जनाएको छ । उक्त टिमले निर्वाचन प्रचारप्रसार  सम्बन्धी गतिविधि गर्ने छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update