कर्णालीका पूर्व मुख्यमन्त्री समेत रहेका प्रदेश सांसद राजकुमार शर्मालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कारबाही गरेको छ ।
शर्मालाई सांसद पदबाट समेत हटाइएको पत्र संसद् सचिवालयलाई पठाइएको छ । त्यस्तै उहाँलाई पार्टीकाे साधारण सदस्य समेत नरहनेगरी हटाइएकाे छ ।
नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बुधवार संसद् सचिवालयलाई पत्र लेख्दै प्रदेश सभा सदस्य नरहने गरी कारबाही गरिएको जानकारी गराउनुभएकाे हाे ।
शर्मा ०७९ मा नेकपा माओवादीबाट प्रदेश सभामा निर्वाचित हुनुभएकाे थियाे । पछिल्लो पटक उहाँ एकतामा सहभागी हुनुभएकाे थिएन ।
उहाँ हाल जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (लोप्रा)को प्रदेश इन्चार्ज हुनुहुन्छ । माओवादीमा छँदा दल नेता रहेका शर्माले केही समयअघि नै राजीनामा दिइसक्केनुभएकाे छ ।
शर्मालाई नेकपाका संयाेजक पुष्पकमल दाहाल प्रचण्ड र सह संयाेजक माधवकुमार नेपालले २४ घण्टे स्पस्टिकरण साेध्नुभएकाे थियाे । तर उहाँले स्पस्टिकरण नदिएपछि आज कारबाही गरिएको हाे ।





-1759842583.jpg)