Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा निर्वाचन प्रहरीले पाए पोसाक 

फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि रुकुम पश्चिममा खटिने निर्वाचन प्रहरीले पोसाक पाएका छन् । यसअघि नै भर्ना भई तालिम समेत प्राप्त गरिसकेका निर्वाचन प्रहरीहरूले आज पोसाक पाएका हुन् । तालिम सम्पन्न भए पश्चात् उनीहरू पोसाक बिना नै सुरक्षामा खटिएका थिए । 

निर्वाचनको सुरक्षामा खटिएका निर्वाचन प्रहरीलाई पोसाक प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । नेपाल प्रहरी तर्फका सबै ८ सय ५३ जना निर्वाचन प्रहरीलाई पोसाक प्रदान गरिएको उहाँले बताउनुभयो । 

nirwachan-police-(1)-1771334283.jpeg
पोसाक आउन समय लागेकोले अहिलेसम्म पोसाक बिना नै सुरक्षामा खटिएका निर्वाचन प्रहरीहरू आज देखि भने पोसाकमा खटिएको उहाँले बताउनुभयो । तालिम सम्पन्न भए पश्चात् यस अघि नै निर्वाचन प्रहरी परिचालन भइसकेका थिए । सबै प्रहरी युनिटमा निर्वाचन प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । 

त्यस्तै सशस्त्र प्रहरीले परिचालन गरेका निर्वाचन प्रहरीहरूले पनि पोसाक पाएका छन् । सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मका सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माका अनुसार सबै ९६ जना निर्वाचन प्रहरीलाई हिजो नै पोसाक प्रदान गरिएको हो । 

nirwachan-police-(3)-1771334282.jpeg
सशस्त्रले पनि केन्द्रीय परिचालन नीति अनुसार निर्वाचन प्रहरी जिल्ला भरमै परिचालन गरेको उहाँले बताउनुभयो । सशस्त्रले पनि यस अघि पोसाक बिना नै निर्वाचन प्रहरी परिचालन गरेको थियो । जिल्लामा कुल ९ सय ४९ जना निर्वाचन प्रहरी परिचालित छन् । जसमध्ये ८ सय ५३ जना नेपाल प्रहरी र ९६ जना सशस्त्र प्रहरीले परिचालन गरेको छ ।

nirwachan-police-(2)-1771334284.jpeg

nirwachan-police-(4)-1771334279.jpeg

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update