Kakhara सबैको खबर सम्पूर्ण खबर
सङ्गम केसी नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमै फिर्ता 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका नेता सङ्गम केसी सङ्गठनमै फिर्ता हुनुभएको छ । सङ्गठनका कर्णाली प्रदेशका निवर्तमान इन्चार्ज समेत रहनुभएका उहाँ केही दिन अघि मात्र नेपाली कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गर्नुभएको थियो । 

उहाँलाई नेकपा माओवादी केन्द्रका संयोजक तथा रुकुम पूर्वका प्रतिनिधि सभा सदस्य उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले रुकुमकोटमा माला लगाएर पार्टी प्रवेश गराउनुभएको थियो । तर उहाँ केही दिनमै आफ्नै सङ्गठनमा फिर्ता भएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रुकुम पश्चिमका अध्यक्ष यामराज ओलीले जानकारी दिनुभयो । 

केही दिनअघि आफ्नो साङ्गठनिक यात्रासम्बन्धी आफैले गरेको निर्णय अप्रत्याशित र आकस्मिक भएको स्वीकार गर्दै त्यस निर्णयमाथि व्यापक समीक्षा गर्दै पुनः सङ्गठनमा फिर्ता भएको अध्यक्ष ओलीले बताउनुभयो । 

केसीले आफूले हुर्काएको र आफूलाई फुलाएको नेपालको शैक्षिक आन्दोलनको अग्रणी सङ्गठन नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको नीति र विचारप्रति कुनै पनि प्रकारको विचलन नरहेको निष्कर्ष निकाल्दै आफू पुरानै सङ्गठनमा फिर्ता भएको बताउनुभएको छ । 

साथै उहाँले सङ्गठनकै जिम्मेवारीमा रहँदै सक्रियताका साथ सङ्गठनको जिम्मेवारीमा लाग्ने घोषणा समेत गर्नुभएको छ । उहाँलाई नेकपा एमालेका नेता खेममान खड्का लगायतले सङ्गठनमा स्वागत गर्नुभएको हो ।
 

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update