Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा तरुण दलको निर्वाचन लक्षित मोटरसाइकल र्‍याली 

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा तरुण दलले मोटरसाइकल र्‍याली निकालेको छ । नेपाली काँग्रेसको युवा सङ्गठन तरुण दलले फागुन २१ गतेको निर्वाचनलाई लक्षित गर्दै मोटरसाइकल र्‍याली निकालेको हो । 

मुसिकोट खलङ्गाको बराहटाकुराबाट सुरु भएको र्‍याली नगरका विभिन्न ठाउँमा पुगेर पुनः खलङ्गा पुगेर सम्पन्न भएको तरुण दल मुसिकोटका उपाध्यक्ष केशव खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार खलङ्गाबाट सुरु भएको र्‍याली सल्ले, बागबजार, शेरिगाउँ, शितलपोखरी, साँख, सोलावाङ, बैरागीठाँटी, माछिमी, छिवाङ, हाँसिबाङ सम्म पुगेर खलङ्गा फर्किएको थियो । 

निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार राजु केसीलाई विजयी गराउन माहौल सिर्जना गर्ने उद्देश्यले र्‍याली निकालिएको उहाँले बताउनुभयो । निर्वाचन प्रचार गर्ने समय भोलीसम्म मात्र रहेको अवस्थामा रुकुम पश्चिममा दल तथा दलका भातृ सङ्गठनहरू जोडतोडका साथ निर्वाचन परिचालनमा लागेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update