नेकपा एमालेको युवा सङ्गठन राष्ट्रिय युवा संघ नेपाल रुकुम पश्चिमका अध्यक्ष नवराज मल्लले राजीनामा दिनुभएको छ । उहाँले पार्टी सङ्गठनका सबै जिम्मेवारी सहित नेकपा एमाले परित्यागको घोषणा गर्नुभएको हो ।
२०६५ साल देखी नेकपा एमाले अन्तर्गत रहेर विभिन्न जिम्मेवारीमा कामकाज गर्दै आएको र अब भने नेकपा एमाले पार्टी परित्याग गर्दै राष्ट्रिय युवा संघ नेपाल रुकुम पश्चिमको जिल्ला अध्यक्ष पदबाट राजीनामा दिएको उहाँले जानकारी गराउनुभएको छ ।
उहाँले सङ्गठनका जिल्ला इन्चार्ज समक्ष राजीनामा दिनुभएको हो । उहाँले पार्टी, सङ्गठन परित्याग गर्नुको कारण भने उल्लेख गर्नुभएको छैन । सामाजिक सञ्जाल मार्फत उहाँले केही दिन अघि नै राजीनामा र पार्टी परित्यागको घोषणा गर्नुभएको थियो ।
उहाँ नेकपा एमालेबाट जिल्लाको आठबिसकाेट नगरपालिका ९ को वडा सदस्य समेत हुनुहुन्छ । उहाँ २०७९ को निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार रहँदै वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।






-1759842583.jpg)