हायस र अटाे ठाेक्किए, चार जना गम्भीर घाइते
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४, बोहरागाउँ र साेलाबाङकाे बिचमा हायस र अटो ठोक्किएका छन् । दाङबाट खलंगा तर्फ आइरहेको हायस र सोलावाङ तर्फ जाँदै गरेको अटो साेलावाङ नजिक सालघारीमा ठोक्किएका हुन् ।
अटो सडकबाट करिब १०० मिटर तल खसेको छ । अटोमा ८ जना सवार रहेको बुझिएको छ । जसमध्ये ४ जनाकाे अवस्था गम्भीर रहेको बताइएको छ । अटोमा सवार सबै ८ जना घाइते रहेको घटना स्थलमा रहनुभएका सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माले जानकारी दिनुभयो ।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइँदै छ । अटाेमा ३ बच्चा सहित ८ जना सवार थिए । अटाे सडकबाट १०० मिटर तल खसेर क्षतिग्रस्त भएकाे छ भने हायसकाे दायाँ तर्फकाे भागमा क्षति भएकाे छ । घटनाको थप जानकारी आउन बाँकी रहेको छ ।
प्रकाशित मिति: शनिबार, चैत २१, २०८२ १३:५५
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)