राष्ट्रिय सभा विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध
राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाली कांग्रेसका सांसद रोकायालाई सभापतिमा चयन गरेको हो । बैठक समितिका ज्येष्ठ सदस्य सभापति कृष्णप्रसाद सिटौलाको सभापतित्वमा बसेको थियो ।
सभापति सिटौलाले बैठकमा कृष्णबहादुर रोकायलाई समितिको सभापति चयन गर्ने प्रस्ताव पेस गरेकोमा उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । समिति सभापतिमा सर्वम्मत भए पनि रोकायाले कसैप्रति कुनै पनि प्रकारको आग्रह नराखी पार्टीभन्दा माथि उठेर समिति र सभाको गरिमालाई बढाउनेगरी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समितिले चयन भएर आएका नयाँ सांसदहरूलाई समेत स्वागत गरेको छ ।
प्रकाशित मिति: बुधबार, चैत २५, २०८२ १७:४८
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)