नयाँ वर्षको अवसरमा बुद्धभुमी मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग
बुद्धभुमी मानव सेवा आश्रम रुकुम पश्चिमलाई मुसिकोट ब्रोकोट ग्रुपले नयाँ वर्ष २०८३ को अवसरमा खाद्यान्न सहयोग गरेको छ । मंगलबार आश्रममै पुगेर मुसिकोट ब्रोकोट ग्रुपले खाद्यान्न, फलफूल लगायत अन्य सामग्री सहयोग गरेको हो । मुसिकोट ब्रोकोट ग्रुपले आश्रममा बस्ने व्यक्तिहरुको लागि ३ बोरा चामल, १० किलो दाल, विस्कुट, स्याउ, केरा, फेन्टा, तरकारी, भाडा धुने साबुन, ब्रुस लगायतका सामग्री सहयोग गरेको बुद्धभुमी मानव सेवा आश्रमकि जिल्ला संयोजक भिमा खड्काले जानकारी दिनुभयो ।
आश्रम संचालनमा थोरै भए पनि सहयोग पुगोस भन्ने उदेश्य खाद्यान्न लगायत अन्य सामग्री सहयोग गरिएको मुसिकोट ब्रोकोट ग्रुपले जनाएको छ । सहयोग गर्ने ग्रुपलाई बुद्धभुमी मानव सेवा आश्रमले धन्यवाद ज्ञापन गरेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३ २१:३०
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)