पक्राउ
जवरजस्ती करणी मुुद्धाका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ
जिल्ला प्रहरी कार्यालय सल्यानले जवरजस्ती करणी मुद्धाका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । १४ वर्षदेखि फरार रहेका सल्यानको छत्रेश्वरी गाउँपालिका ६ का ३० वर्षिय महोन विक भनिने होमबहादुर चलाउनेलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले चलाउनेलाई मंगलबार उनकै घर नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
पक्राउ गरी चलाउनेलाई कारागार पठाएको सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराइले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३ १४:०९
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)