रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ७ ठालढुंगा चिउचालीमा आगलागीबाट एक घर जलेर पूर्ण रूपमा क्षति भएको छ । आज दिउँसो बच्चा बच्चीले आगो खेलाउने क्रममा घरमा सल्किदा मनीषा विकको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो । आगलागीबाट खरले छाएको मनीषाको एक तले घर पूर्ण रूपमा क्षति भएको आठविसकोट नगर प्रहरी असई खम्बु बाँठाले जानकारी दिनुभयो ।
उहाँका अनुसार घरमा रहेका लत्ताकपडा, घर निर्माण गर्नको लागि राखिएका दार लगायतका अन्य सामग्री जलेर नष्ट भएका छन् । आगलागीबाट करिब ३ लाख बराबरको क्षति भएको उहाँको भनाई छ । आगो नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आइसकेको छ । आगोले मनीषाकी १२ बर्सिया छोरी करिष्मा विकको हातमा पोलेको र गाउँघर क्लिनिकमा उपचार पछि घर फर्किएको उहाँको भनाई ।
घरमा मनीषा र उहाँका एक छोरा र एक छोरी छन् । श्रीमान् भने रोजगारको सिलसिलामा देश बाहिर हुनुहुन्छ । परिवारको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक रूपमा सहयोग गर्न परिवारले आग्रह गरेको छ ।





-1759842583.jpg)