नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड भोली रुकुम पश्चिम आउन लाग्नु भएको छ । हवाई मार्ग हुँदै उहाँ भोली रुकुम पश्चिम आउन लाग्नु भएको हो । आफ्नो निर्वाचन क्षेत्रमा भेटघाटको लागि रुकुम पश्चिम हुँदै रुकुम पूर्व जाने कार्यक्रम रहेको नेकपाका जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो ।
उहाँका अनुसार भोली संयोजक ‘प्रचण्ड’ रुकुम पश्चिम पुगे लगत्तै मुसिकोट १ सल्लेमा सामान्य भेटघाट कार्यक्रम, दिउँसो पार्टी कार्यालयमा प्रशिक्षण कार्यक्रम रहेको छ । भोली रुकुम पश्चिमै बसेर पर्सी बिहान भने रुकुम पूर्वको रुकुमकोट जाने कार्यक्रम रहेको जिल्ला संयोजक रोकाले जानकारी दिनुभयो ।
नेकपाका संयोजक प्रचण्ड गत फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट निर्वाचित हुनुभएको थियो ।





-1759842583.jpg)