Kakhara सबैको खबर सम्पूर्ण खबर
रास्वपा रुकुम पश्चिमको सभापतिमा शाही पुनर्बहाली 

राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमको सभापतिमा मानबहादुर शाहीको पुनर्बहाली भएको छ । उहाँले गत फागुन २१ गतेको निर्वाचनमा पराजित भएपछि नैतिकताका आधारमा भन्दै राजीनामा दिनुभएको थियो । 

तर उहाँलाई प्रदेश समितिले रुकुम पश्चिम सभापतिमा पुनर्बहाली गरेको हो । शाहीले यस बारेमा सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराउनुभएको छ । 

मैले रास्वपा रुकुम पश्चिम जिल्ला सभापति पदबाट नैतिकताको आधारमा राजीनामा दिएको थिए, आज प्रदेश सभापति मदन खड्का तथा महामन्त्री ललित चन्दले जिल्ला सभापतिकै पदमा पुनर्बहाली गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्दछु, उहाँले लेख्नुभएको छ । 

साथै उहाँले अब चाडै जिल्लामा सङ्गठन निर्माणका कामहरू द्रुत गतिमा अघि बढाउने बताउनुभएको छ । कखरासँग कुरा गर्दै उहाँले जिल्ला अधिवेशन गर्ने गरी आफूलाई जिल्ला सभापतिमा पुनर्बहाली गरिएको बताउनुभयो । सङ्गठनलाई थप चलायमान बनाउने उहाँले बताउनुभयो । 

रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्नुभएका उहाँ चौथो हुनुभएको थियो । उहाँले ४ हजार ७६ मत ल्याउनुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update