Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा रुकुम पश्चिमको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न 

नेपाली कम्युनिस्ट पार्टी जिल्ला समिति रुकुम पश्चिमको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज मुसिकोट नगरपालिका वडा नम्बर ५ सेरिगाउँ स्थित सहिद प्रतिष्ठानको सभाहलमा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । वैठक तथा प्रशिक्षण कार्यक्रमा पालिकाका संयोजकहरुले पार्टीको अवस्था, चुनावी समिक्षा लगायतका विषयमा रिपोटिङ गरेका थिए ।

प्रशिक्षण कार्यत्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्टी संयोजक तथा पुर्व प्रधानमन्त्री प्रचण्डले पार्टी पुरानो ढंगले अगाडी बढ्न नसक्ने र नयाँ तरिकाले सोचेर अगाडी बढाउनुपर्ने बताउनुभयो । ‘म रुकुम पूर्वबाट निर्वाचित भएपनि रुकुम पुर्व र पश्चिम उउटै हो समग्र रुकुम विकासको लागि काम गरिरहेको छु प्रचण्डले भन्नुभयो ।’’ कार्यक्रममा पार्टीको चुनावी समिक्षा, पछिल्लो समयमा देशमा भइरहेका गतिविधि तथा उत्पन्न समस्या लगायतका विषयमा पनि उहाँले प्रष्ट पार्नुभएको थियो । 

पार्टी भित्र विचार र अनुभवी नेतृत्व भएकाले पार्टीलाई  वैचारिक र राजनितिक  ढंगले प्रशिक्षित गरी अगाडी बढनुपर्ने आवश्यकता रहेको उहाँको भनाई थियो । पार्टी प्रशिक्षण कार्यक्रमलाई पुर्व राष्ट्रिय सभा सदस्य ठगेन्द्र प्रकाश पुरी, पार्टीका नेता गनेशमान पुन, प्रतिनिधि सभा सदस्य गोपाल शर्मा लगायतले सम्बोधन गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा पार्टी जिल्ला संयोजक गोविन्द रोका सचिनले पार्र्टीको आगामि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन नेकपाका नेता सुरज परियारले गर्नुभएको थियो ।  प्रशिक्षण कार्यक्रममा जिल्लाभरबाट नेकपाका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । 

आज बिहान रुकुम पश्चिम आउनुभएका पार्टी संयोजक प्रचण्ड भोली आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व जाने कार्यक्रम रहेको छ । रुकुम पूर्वमा पनि जिल्ला स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुने र त्यसपछि रोल्पाको थवाङमा आयोजित एक कार्यक्रममा जाने कार्यक्रम रहेको नेकपा रुकुम पश्चिमले जनाएको छ 

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update