Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीमा एकिकृत निःशुल्क स्वास्थ्य शिविर संचालन हुने 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा एकिकृत निःशुल्क घुम्ती शिविर संचालन हुने भएको छ । त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा यही वैशाख २२ गतेदेखि २५ गतेसम्म शिविर संचालन हुने भएको हो । एकिकृत निःशुल्क घुम्ती स्वास्थ्य शिविर पालिकाको चार स्थानमा संचालन गर्न लागिएको त्रिवेणी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर पुुुनले जानकारी दिनुभयो । 

उहाँका अनुसार २२ गते पेउघा स्वास्थ्य चौकीमा शिविर संचालन गरिने छ । त्यस्तै २३ गते मुरु स्वास्थ्य चौकीमा, २४ गने आधारभूत स्वास्थ्य सेवा केन्द्र जिवाङमा र २५ गते सिम्रुतु स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने छ । विशिरमा ४० वर्षमाथिका व्यक्तिहरुको लािग नसर्ने रोगको जाँच, ३० देखि ६० वर्ष उमेर समुह महिलाको पाठेघर मुखको क्यान्सरको स्किनिङ जाँच, गर्भवती महिलाको निःशुल्क भिडिओ एक्सरे तथा परामर्श, क्षयरोगको खकार संकलन तथा परामर्श लगायतका सेवा प्रदान गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत पुनले जानकारी दिनुभयो ।

निःशुल्क स्वास्थ्य शिविर मार्फत आफ्नो पायक पर्ने  स्वास्थ्य चौकीमा गई सेवा लिन त्रिवेणी गाउँपालिको सवैमा आग्रह गरेको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update