Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको नवौँ साधारण सभा जेठ ७ गते हुने

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पश्चिमको नवौँ साधारण सभा हुने भएको छ । सभा यही जेठ ७ गते जिल्ला समन्वय समितिको सभाहलमा हुने भएको हो । शाखाको जेठ ३ गते बसेको कार्यसमितिको बैठकले साधारण सभा आयोजना गर्ने निर्णय गरेको महासंघले जनाएको छ । महासंघले जारी गरेको सूचनाअनुसार शाखाले महासंघका सम्पूर्ण साधारण सदस्यहरुलाई सभामा अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ ।

शाखाका अध्यक्ष मोपालप्रसाद रेग्मीले हस्ताक्षर गरेको सूचनामा पत्रकार महासंघको संगठनात्मक गतिविधि, भावी योजना तथा समसामयिक विषयमा छलफल गरिने  उल्लेख गरिएकोे छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update