Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरीमा  निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने
फाइल फाेटाे ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा ४ गरायला स्वास्थ्य चौकीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमले आयोजना  तथा सानीभेरी गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन हुन लागेको हो ।  शिविर यही यही जेठ ९ गते  बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न लागिएको आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमले जनाएको छ । 

शिविरमा आयुर्वेद चिकित्सकसहित विभिन्न रोगहरूको निःशुल्क परीक्षण तथा उपचार सेवा प्रदान गरिने आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमका प्रमुख डाक्टर महेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा अम्लपित्त, पेटसम्बन्धी रोग, श्वास, खोकी, पिनास, छातीसम्बन्धी समस्या, हाडजोर्नी तथा नसासम्बन्धी रोग, पुरानो वात रोग, पाठेघरसम्बन्धी समस्या, पाइल्स, फिसर, फिस्टुला, मधुमेह तथा उच्च रक्तचापलगायतका रोगको परीक्षण र उपचार गरिने छ ।

सम्बन्धित सबैलाई शिविरबाट निःशुल्क सेवा लिन आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमले आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update