Kakhara सबैको खबर सम्पूर्ण खबर
बुद्ध भूमि मानव सेवा आश्रमको भवन निर्माणका लागि सहयोग 

बुद्ध भूमि मानव सेवा आश्रम रुकुम पश्चिमको भवन निर्माणका लागि सहयोग प्राप्त भएको छ । जिल्लाको मुसिकोट नगरपालिका –१३, चौतारा निवासी बाँफिकोट गाउँपालिका कृषि अधिकृत लोकेन्द्र ओलीको दम्पतीले आर्थिक सहयोग गरेको हो । 

शाखा कार्यालय रुकुम पश्चिमले निर्माण गर्न लागेको आश्रित भवन निर्माणका लागि ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको बुद्ध भूमि मानव सेवा आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीले जानकारी दिनुभयो । 

भवन निर्माणमा महत्त्वपूर्ण सहयोग गरेको भन्दै सहयोगी ओलीलाई आश्रमले धन्यवाद दिएको छ । मानवीय सेवाको कार्यमा  यो महत्त्वपूर्ण योगदान रहेको आश्रमको भनाई छ ।

भवन निर्माणका लागि विभिन्न व्यक्तिहरूले सहयोग गरिरहेका छन् । आश्रमले सम्पूर्ण सहयोग सडक पेटी एवं सार्वजनिक स्थलहरूबाट उद्धार गरिएकाहरूको सेवामा समर्पण गरिने उल्लेख गरेको छ ।

भवन निर्माणका लागि इच्छुकहरूले सकेको सहयोग गर्न सक्ने भन्दै आश्रमले सकेको सहयोग गरेर मानव सेवामा समर्पित हुन सबैमा अनुरोध समेत गरेको छ । मुसिकोट १ सल्लेमा रहेको आश्रममा विभिन्न संरक्षण विहीन व्यक्तिहरू आश्रय लिएर बसिरहेको छन् ।

सल्लेमै आश्रमको भवन समेत निर्माणाधीन अवस्थामा रहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update