सोमबार राती चलेको विषण हावाहुरीका कारण रुकुम पश्चिममा विद्युत लाइन अवरुद्ध भएको छ । हावाहुरीका कारण विद्युत लाइनका पोलमा रुख ढल्दा सोमबार रातीदेखि जिल्लामा विद्युत लाइन अवरुद्ध भएको हो । विद्युत लाइन मर्मतको लागि विहानै देखि जिल्लाभर २० देखि २५ जना प्राविधिक कर्मचारी परिचालन भएको विद्युत प्राधिकरण वितरण केन्द्र रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख पारश सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार धैरेनीचौर सव स्टेसन ननिकै विद्युतको पोलमा रुख ढलेर लाइनमा समस्या देखिएको छ । समस्यादेखिएको स्थानमा काम भइरहेको उहाँले जानकारी दिनुभयो । अन्य स्थानमा पनि समस्याको पहिचान गर्न कर्मचारी फिल्डमा खटिएको उहाँको भनाई छ । जिल्ला सदरमुकाम खलंगामा बजारमा लाइन सूचारु गर्न ३/४ घण्टा समय लागेपनि जिल्लाभर लाइन सूचारु हुन १/२ दिन लाग्ने निमित्त प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
गएरातीदेखि विद्युत लाइन अवरुद्ध हुँदा सेवाग्राहीहरु मर्काका परेका छन् ।







-1759842583.jpg)