Kakhara सबैको खबर सम्पूर्ण खबर
यमुना नन्द नमुना माविले गर्‍यो अन्य विद्यालय छाडेर आउने २ सय २६ विद्यार्थीलाई स्वागत 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ मा रहेको यमुना नन्द नमुना मावि शेरिगाउँले नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयमा नयाँ आउने विद्यार्थीहरूलाई स्वागत गरिएको हो । 

अन्य विद्यालय छाडेर विद्यालयमा भर्ना हुने २ सय २६ विद्यार्थीहरूलाई विद्यालयमा स्वागत गरिएको शिक्षक गोपाल केसीले जानकारी दिनुभयो । विभिन्न विद्यालय छाडेर विद्यालयमा भर्ना भएका तथा पहिलो पटक भर्ना भएका विद्यार्थीहरूलाई अबिर लगाएर स्वागत गरिएको उहाँले बताउनुभयो । 

प्रधानाध्यापक कमप्रसाद देवकोटा सहित विद्यालयमा कार्यरत शिक्षकहरूले नयाँ विद्यार्थीलाई स्वागत गरेको विद्यालयले जनाएको छ । विद्यालयमा बर्सेनि नयाँ विद्यालय थपिने क्रम बढ्दो रहेको विद्यालयको भनाई छ । विद्यालयमा कक्षा १२ सम्म पढाई हुँदै आइरहेको छ । 

प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update