रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १२ मा रहेको जनकल्याण मावि काँसपोखरीको विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन गरिएको छ । बिहीबार भएको अभिभाव भेलाबाट नवीन ओलीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।
सदस्यहरूमा महेशकुमार ओली, गीता डाँगी ओली, धिरन शिर्पाली, एलिना खड्का रोका, शिक्षक प्रतिनिधिमा डिलबहादुर ओली र सदस्य सचिवमा प्रधानाध्यापक रामप्रसाद ओली रहनुभएको छ ।
त्यस्तै शिक्षक अभिभावक सङ्घ पनि गठन गरिएको छ । नरबहादुर ओलीको अध्यक्षतामा रहेको शिक्षक अभिभावक सङ्घको सदस्यहरूमा मञ्जु केसी ओली, रामबहादुर खड्का, देवीलाल खड्का, सीता शाही ओली, विष्णु बिसी ओली, जयकुमार विष्ट ओली र मनिषा ओली, डेगबहादुर ओली रहनुभएको छ ।
शिक्षक प्रतिनिधिमा रवीन्द्र ओली र सदस्य सचिवमा प्रधानाध्यापक रामप्रसाद ओली रहनुभएको छ । अभिभावक भेलामा मुसिकोट १२ का वडाध्यक्ष धिरन शिर्पाली, मुसिकोट नगरपालिकाका शिक्षा स्रोत व्यक्ति प्रेम ओली लगायतको आतिथ्यता रहेको थियो ।
त्यस्तै भेला मार्फत एसइई परीक्षामा ३.६१ भन्दा माथिको जिपीए प्राप्त गर्ने १४ जना विद्यार्थीहरूलाई विद्यालयले प्रति व्यक्ति ५ हजार ५ सय रुपैयाँ नगद र सम्मान पत्रले सम्मान तथा पुरस्कृत गरेको छ । बाँकी ८ जना विद्यार्थी उपस्थिति हुन नसकेकोले अर्को कार्यक्रमबाट पुरस्कृत गरिने विद्यालयले जनाएको छ ।







-1759842583.jpg)