नेकपा रुकुम पश्चिमको जिल्ला अधिवेशन असोजमा हुने
नेपाली कम्युनिस्ट पार्टी नेकपा रुकुम पश्चिमले आगामी असोजमा जिल्ला अधिवेशन गर्ने भएको छ । आज बसेको जिल्ला कमिटी बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो । जसअनुसार असोज २४ र २५ गते जिल्ला अधिवेशन हुने नेकपाका जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला अधिवेशनका लागि वडा तथा पालिका अधिवेशनको मिति समेत तय गरिएको छ । वडा अधिवेशन भदौ १३ गते जिल्लाका ७३ वटै वडामा एकै दिन गर्ने र पालिका अधिवेशन भदौ २७–२८ गते, जिल्लाभर एकै दिन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
साथै बैठकले साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको जिल्ला संयोजक रोकाले जानकारी गराउनुभयो । बैठकले गोविन्द ओली संयोजक र नदिराम खत्री सह–संयोजक रहने गरी जिल्ला सल्लाहकार परिषद् पनि गठन गरेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३ १९:१६
प्रतिक्रिया दिनुहोस्







-1759842583.jpg)