Kakhara सबैको खबर सम्पूर्ण खबर
आमा बुवा स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षयकोषद्वारा हाजिर जवाफ प्रतियोगिता सञ्चालन 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा पालिका स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । गणतन्त्र दिवसको अवसरमा आमा बुवा स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षयकोषले पालिका स्तरीय मावि र आधारभूत तहको हाजिर जवाफ प्रतियोगिता सम्पन्न गरेको हो ।

मावि तहको प्रतियोगितामा पालिकाका १० वटा मावि मध्ये ९ वटा सहभागी भएकामा वीरेन्द्र मावि बाँफिकोट प्रथम भएको छ । बाल कल्याण मावि सिम्तारु द्वितीय र स्यापूताल मावि तृतीय हुँदा भानुभक्त मावि गारावाङ सान्त्वना भएको छ । 

आधारभूत तह तर्फ अणु आवि स्याला प्रथम हुँदा वीरेन्द्र मावि बाँफिकोट द्वितीय भएको छ । त्यस्तै स्यार्पूताल मावि तृतीय र बाल सेवा आवि पिपल गैरा सान्त्वना भएको आमा बुवा स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षयकोषका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।

आधारभूत तहको हाजिर जबाफमा पालिकाका १६ मध्ये १४ वटा विद्यालयको सहभागिता रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार दुवै तह तर्फ प्रथमले ८ हजार हजार, द्वितीयले ६ हजार, तृतीयले ४ हजार र सान्त्वना हुने विद्यालयले २ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिता वडा नम्बर ४ बाँफिकोटमा अवस्थित सहिद प्रतिष्ठानको हलमा सञ्चालन भएको थियो । कोषका अध्यक्ष चन्द्रबहादुर केसीको अध्यक्षतामा भएको प्रतियोगितामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाहको प्रमुख र शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख चिरञ्जीवी रेग्मीको विशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रमको सञ्चालन आमा बुवा स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षयकोषका सदस्य सचिव तथा वीरेन्द्र माविका प्रधानाध्यापक हरिचन्द्र गिरीले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update