Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम प्रहरीद्वारा एक नाल अवैध भरुवा बन्दुक बरामद 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले एक नाल अवैध बन्दुक बरामद गरेको छ । मुसिकोट नगरपालिका वडा नम्बर १३ छिवाङखोला जङ्गलमा लुकाइछिपाई राखिएको एक नाल अवैध भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जङ्गलमा ढुङ्गाको खोचमा काटको बट देखि नालको टुप्पोसम्मको लम्बाई ४ फिट र २ फिट काठको बट भएको कुल ६ फिट लामो बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त बन्दुक रित पूर्वक बरामद गरी ल्याएको हो ।

उक्त घटनाको थप अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक पुनले जानकार दिनुभयो । 

प्रकाशित मिति: शनिबार, जेठ १६, २०८३  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update