Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाल नेत्र ज्योति सङ्घ रुकुम पश्चिमको पाँचौँ जिल्ला सभा सम्पन्न

नेपाल नेत्र ज्योति सङ्घ रुकुम पश्चिमको पाँचौँ जिल्ला सभा मुसिकोटमा सम्पन्न भएको छ । सङ्घका सभापति शिवराम खत्रीको अध्यक्षता र राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सभामा सङ्घका गतिविधि, खर्च विवरण, सेवा प्रवाह तथा विभिन्न काम कारबाहीका बारेमा जानकारी गराइएको थियो । त्यस्तै आगामी वर्षको कार्यक्रम र बजेट समेत पेस गरिएको थियो । भने यसमा छलफल भएको थियो ।

त्यस्तै सङ्घद्वारा सञ्चालित आँखा सर्जिकल केन्द्रको थप विकासमा लागि पर्ने प्रस्ताव पारित भएको छ । यसका साथै केन्द्रमा जिल्लाको जिम्मेवारीलाई थप गहण बनाउन पहल गर्ने प्रस्ताव समेत पारित भएको सङ्घका जिल्ला सभापति खत्रीले जानकारी गराउनुभयो ।

जिल्लामा आँखा सर्जिकल केन्द्र स्थापना भएपछि जिल्लावासीले जिल्लामै सहज रुपमा गुणस्तरीय सेवा पाउन सफल भएको उहाँले बताउनुभयो । आँखा संगै कानको समेत सेवा प्रवाह भइरहेको उहाँको भनाई छ ।

ओपिडी चेकजाँच, अप्रेसन देखि शिविरहरू समेत सञ्चालन भइरहेको बताइएको छ । जसले गर्दा जिल्लावासीलाई आँखा र कानको उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको सङ्घले जनाएको छ । बर्सेनि हजारौँले सेवा लिइरहेको बताइएको छ ।

सभामा नेत्र ज्योति सङ्घका केन्द्रीय सदस्य तारा चन्द, पत्रकार मेगराज खड्का लगायत सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो । सभाको सञ्चालन सङ्घका सचिव टेक कुसारीले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update