पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ बल्देमा सकेट बम फेला परेको छ । आज बिहान करिब ११ः३० बजेको समयमा स्थानीयवासी गाईबस्तु चराउन जाने क्रममा वीरबहादुर पुनको बारीमा सकेट बमजस्तो देखिने वस्तु फेला परेको हो ।
घटनाबारेमा वडा अध्यक्ष टेकबहादुर पुनले दिउँसो जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराउनु भएको थियो । जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पुर्तिमकाँडाबाट प्रहरी सहायक निरीक्षक युवराज पाण्डेको कमान्डमा दुई जनाको टोली घटनास्थल पुगेर सुरक्षा व्यवस्था मिलाएको थियो ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी निरीक्षक झबिन्द्र परियारको कमान्डमा सात जनाको थप टोली खटिएको प्रहरीले जनाएको छ । शङ्कास्पद वस्तुको सुरक्षित व्यवस्थापनका लागि नेपाली सेनाकाे चण्डी दल गण सल्लेसँग समन्वय गरिएको छ ।
उक्त वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीमार्फत डिस्पोज गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो ।
घटनास्थल प्रहरी चौकी पुर्तिमकाँडाबाट करिब एक किलोमिटर दक्षिण तथा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट करिब २६ किलोमिटर पश्चिममा रहेको छ ।


1686475760.jpg)


-1759842583.jpg)