पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ बल्देमा फेला परेकाे सकेट बम डिस्पाेज गरिएको छ । नेपाली सेनाकाे चन्डीदल गण सल्लेको समन्वयमा बम डिस्पाेज गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो ।
आज बिहान करिब ११ः३० बजेको समयमा स्थानीयवासी गाईबस्तु चराउन जाने क्रममा वीरबहादुर पुनको बारीमा सकेट बमजस्तो देखिने वस्तु फेला परेको थियाे ।
घटनाबारेमा वडा अध्यक्ष टेकबहादुर पुनले दिउँसो जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराउनु भएको थियो । जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पुर्तिमकाँडाबाट प्रहरी सहायक निरीक्षक युवराज पाण्डेको कमान्डमा दुई जनाको टोली घटनास्थल पुगेको थियो ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी निरीक्षक झबिन्द्र परियारको कमान्डमा सात जनाको थप टोली खटिएर घटनास्थललाई सुरक्षित गरेको थियो ।


1686475760.jpg)


-1759842583.jpg)