रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा योग, ध्यान तथा तनाव व्यवस्थापनसम्बन्धी ७ दिने योग शिविर सञ्चालन हुने भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र, रुकुमपश्चिमको आयोजनामा शिविर संचालन हुन लागेको हो । शिविर बाँफिकोट गाउँपालिका–स्थित वीरेन्द्र माध्यमिक विद्यालय परिसरमा असार १ गतेदेखि ७ सम्म संचालन हुने छ भने प्रत्येक दिन बिहान ६ बजेदेखि सुरु हुने आयर्वेद स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
स्वस्थ मन, स्वस्थ शरीर र सकारात्मक जीवनशैलीको विकास गर्ने उद्देश्यले शिविर आयोजना गरिएका आयुर्वे स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर महेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा योगासन अभ्यास, ध्यान तथा प्राणायाम, तनाव व्यवस्थापन, शारीरिक तथा मानसिक स्फूर्ति वृद्धि, स्वस्थ जीवनशैलीसम्बन्धी परामर्श तथा स्वास्थ्यवद्र्धक आयुर्वेदिक रसायन तथा औषधि वितरण लगायतका गतिविधि सञ्चालन गरिने छ । शिविरले सहभागीहरूको मानसिक शान्ति, आत्मविश्वास, रोग प्रतिरोधात्मक क्षमता तथा समग्र स्वास्थ्य सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
शिविरको समन्वय तथा सहजीकरण बाँफिकोट गाउँपालिकाले गर्ने छ । आयुर्वेद स्वास्थ्य केन्द्रले इच्छुक स्थानीयबासीलाई शिविरमा सहभागी भई योग तथा स्वस्थ जीवनशैलीका बारेमा ज्ञान र अभ्यास हासिल गर्न आग्रह समेत गरेको छ ।


1686475760.jpg)


-1759842583.jpg)