नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न माग राख्दै बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम सम्पन्न गरेको छ । महासंघको केन्द्रीय कार्यालयको आह्वानमा आयोजित धर्ना कार्यक्रममा शाखाका पदाधिकारी तथा पत्रकारहरूको सहभागिता रहेको थियो । धर्नामा सहभागी पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने खालका व्यवस्था स्वीकार्य नहुने भन्दै लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण गर्न सरकारसँग आग्रह गरेका थिए ।
तीनै तहका सरकारी सूचना तथा विज्ञापन राज्य नियन्त्रित संचारमाध्यमलाई मात्र दिने सरकारको निर्णय तथा प्रास्तावित मिडिया विद्येकको विरोधमा विरोध स्वरुप धर्ना कार्यक्रम गरिएको शाखा अध्यक्ष गोपादप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार आजै केन्द्रिय कार्यक्रम अनुसार विद्येक विरुद्ध विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुको हस्ताक्षर संकलन गरेर प्रमुख जिल्ला अधिकारी निशानराज गौतम मार्फत सरकारलाई बुझाएको छ । यही जेठ २९ गतेपनि सरकारी सूचना तथा विज्ञापन राज्य नियन्त्रित संचारमाध्यमलाई मात्र दिने सरकारको निर्णय तथा प्रास्तावित मिडिया विद्येकको विरोधमा धर्ना कार्यक्रम रहेको उहाँको भनाई छ ।

सञ्चार क्षेत्रलाई थप स्वतन्त्र, जिम्मेवार र मर्यादित बनाउन सरोकारवाला निकायसँग निरन्तर संवाद र सहकार्य आवश्यक महासंघले जनाएको छ । धर्ना कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले जनाएको छ । धर्ना कार्यक्रममा महासंघका पदाधिकारी, विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुकाे सहभागिता रहेको थियो ।


1686475760.jpg)


-1759842583.jpg)