Kakhara सबैको खबर सम्पूर्ण खबर
आत्महत्या न्यूनीकरण गर्न समुदायस्तरमा परामर्श सेवाको विस्तार गर्नुपर्नेमा जोड

रुकुम पश्चिममा आत्महत्या न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको आयोजनामा आज मुसिकोट खलंगमा आत्महत्या न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको हो । ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा पछिल्लो समय बढ्दो आत्महत्याका घटनाका कारण, यसको सामाजिक तथा मनोवैज्ञानिक प्रभाव, रोकथामका उपाय र विभिन्न निकायको भूमिकाबारे छलफल गरिएको थियो । जिल्लामा आत्महत्याको अवस्था, समाजमा पारेको प्रभाव, न्यूनीकरण गर्ने उपाय लगायतका विषमा जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेले जानकारी बनाउनुभएको थियो । त्यस्तै जिल्ला स्वास्थ्य सेवा कार्यालमा कार्यरत शुशिला कार्कीले आत्महत्या जोखिमका कारक, गलत धारणा, उमेर समुह, आत्महत्या गर्ने योजनाहरुको चरण, तयारी, सरोकारवालाको भुमिका लगायतका विषयमा जानकारी बनाउनुभएको थियो ।

721997701_1314199157586657_5922862282246136073_n-1781089763.jpg

त्यसैगरी कारी वकिल कार्यालयका सहयाक जिल्ला न्यायाधिवक्ता चन्द्रप्रसाद संजेलले आत्महत्या दुरुत्सान सम्बन्धी कानुनी व्यवस्था, समाजमा आत्महत्या तथा दुरुत्साहन छुट्याउन नसक्दा झेल्नु परेका समस्या लगायतका विषयमा जानकारी बनाउनु भएको थियो । सहभागीहरूले मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि, पारिवारिक तथा सामाजिक सहयोगको वातावरण निर्माण, विद्यालय तथा समुदायस्तरमा परामर्श सेवाको विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमले आत्महत्या न्यूनीकरणका लागि साझा प्रतिबद्धता र सहकार्यलाई थप सहयोग पु¥याएको सहभागीहरूले जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी निशानराज गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी तथा सामाजिक संघसंस्थाका प्रतिनिधि पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले गर्नुभएको थियो ।  

721089344_1314198590920047_6702197800801333703_n-1781089856.jpg

प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update