नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले सरकारको प्रस्तावित मिडिया विधेयक तथा राज्यबाट प्रवाह हुने सरकारी सूचना र विज्ञापन राज्यद्वारा वर्गीकृत(सरकारी) सञ्चारमाध्यमलाई मात्र दिने निर्णयको विरोधमा धर्ना दिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको आह्वानमा देशव्यापी रूपमा सञ्चालन गरिएको आन्दोलन अन्तर्गत महासंघ रुकुम पश्चिम शाखाले शुक्रवार जिल्ला प्रशासन कार्यालयको गेट अगाडी धर्ना कार्यक्रम सम्पन्न गरेको हो ।
धर्नामा सहभागी पत्रकारहरूले प्रस्तावित मिडिया विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचित गर्ने तथा सञ्चारमाध्यममाथि अनावश्यक नियन्त्रण बढाउने सरकारको निर्णय सच्याउनु पर्ने माग गरेका छन् । त्यस्तै, सरकारी सूचना तथा विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा केन्द्रित गर्ने नीति प्रेस जगतको हित विपरीत रहेको पत्रकार महासंघ रुकुम रुकुम शाखा अध्यक्ष गोपालप्रसाद रेग्मीले बताउनुभयो । स्वतन्त्र, व्यावसायिक र उत्तरदायी पत्रकारिताको संरक्षणका लागि सञ्चारमैत्री कानुन निर्माण गर्नु पर्ने उहाँको भनाई थियो । सञ्चार क्षेत्रलाई कमजोर बनाउने कुनै पनि नीति तथा कानुन स्वीकार्य नहुने महासङ्घले चेतावनी समेत दिएको छ ।
नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुने अधिकार तथा सञ्चारमाध्यमको अस्तित्वमाथि असर पार्ने प्रावधानहरू सच्याउन सरकारसँग आग्रह गरिएको छ । धर्ना कार्यक्रममा महासङ्घका पदाधिकारी, विभिन्न सञ्चार माध्यमका सञ्चालक तथा सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको उपस्थित रहेको थियो । गत मङ्गलवार पनि महासङ्घले केन्द्रीय कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना कार्यक्रम गरेको थियो ।


1686475760.jpg)


-1759842583.jpg)