Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम प्रहरीद्वारा बैङ्किङ कसुरका फरार प्रतिवादी सुर्खेतबाट पक्राउ 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बैङ्किङ कसुरका फरार प्रतिवादीलाई सुर्खेतबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ९ शान्तिपुरका २२ वर्षीय सन्जु विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कमला सार्की कामीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सन्जु बि.क. भएको बैङ्किङ कसुर मुद्दामा अनुसन्धानको सिलसिलामा विकलाई पक्राउ गरी जिल्ला ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो २ः३० बजेको समयमा पक्राउ गरेको हो । विकलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक परियारले जानकारी दिनुभयो । 

बिगो रकम १० लाख ५० हजार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update