Kakhara सबैको खबर सम्पूर्ण खबर
इलाका प्रशासन कार्यालय चौरजहारीबाट राष्ट्रिय परिचयपत्र  वितरण सुरु

रुकुम पश्चिमको चौरजहारी स्थित इलाका प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र कार्ड वितरण सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका सेवाग्राहीहरूको कार्ड तयार भई कार्यालयमा प्राप्त भएकाले वितरण सुरु गरेको हो । २०८० साल असार मसान्तसम्म दर्ता गराएका सेवाग्राहीको कार्ड प्राप्त भएकाले वितरण सुरु गरिएको इलाका प्रशासन कार्यालय चौरजहारीले  जनाएको छ । 

मोबाइलमा राष्ट्रिय परिचयपत्र सम्बन्धी सन्देश प्राप्त गरेका सेवाग्राहीले सक्कल नागरिकता, विवरण दर्ताका क्रममा उपलब्ध गराइएको स्लिप तथा मोबाइलमा आएको सन्देशसहित कार्यालयमा सम्पर्क गरी आफ्नो कार्ड बुझ्न सक्नेछन् ।  कार्ड वितरणका क्रममा बायोमेट्रिक विवरण मिलाउनुपर्ने भएकाले सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने कार्यालयले जनाएको छ । 

इलाका प्रशासन कार्यालय चौरजहारीले सेवाग्राहीलाई कार्यालय समयभित्र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण शाखामा सम्पर्क गरी कार्ड लिन अनुरोध गरेको छ । साथै नगरपालिका भित्रकाले मात्र इलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्र पाउने छन् । 

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update