रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ बाट अवैध भरुवा बन्दुक बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले वडाको भेरीपाखा स्थित सामुदायिक बनमा रहेको चाउले भित्ताको उनिउँको झारी भित्र लुकाएर राखिएको बन्दुक बरामद गरेको हो ।
काठको बट देखि नालको टुप्पो (फल्यास हाईडर) सम्मको जम्मा ४ फिट १ इन्च लामो एक थान भरुवा बन्दुक फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार बेवारिसे लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मध्यान्ह् १२ बजेतिर फेला पारी बरामद गरी कार्यालयमा ल्याएको छ । उक्त बेवारिसे अवस्थामा फेला परेको भरुवा बन्दुकको हकमा थप अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो ।
उक्त बन्दुक कसले लुकाएको हो भनेर पत्ता लाग्न बाँकी रहेको उहाँको भनाई छ । रुकुम पश्चिम प्रहरीले लागु औषधको कारोबारी तथा सेवनकर्ताहरूमा कडाइ गरेको छ । त्यस्तै अवैध भरुवा बन्दुक सहित फरार प्रतिवादीहरूको खोजी तीव्र बनाएको छ ।




1686475760.jpg)


-1759842583.jpg)