Kakhara सबैको खबर सम्पूर्ण खबर
अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने सवारी र चालक प्रहरी नियन्त्रणमा

रुकुम पश्चिम प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने टिप्पर र चालकलाई नियन्त्रणमा लिएको छ । बाँफिकोट गाउँपालिका वडा नम्बर १ लागिम स्थित सानीभेरी नदिको किनारमा अवैध रूपमा बालुवा उत्खनन भइरहेको सूचनाका आधारमा प्रहरी चौकी पिपलबाट खटिएको प्रहरी टोलीले चालक र टिप्परलाई नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार अवैध रूपमा बालुवा लोड गरिरहेको अवस्थामा ना. अ. प. बै. ७३० नम्बरको टिप्पर र चालक दाङ तुलसीपुर उपमहानगरपालिका १७ का ३४ वर्षीय मनोज विश्वकर्मालाई फेला पारी सोही स्थानबाट उक्त टिप्पर र चालकलाई नियन्त्रण लिइएको हो । 

आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update