Kakhara सबैको खबर सम्पूर्ण खबर
सामाजिक सुरक्षा, रोजगारी र समृद्ध त्रिवेणी निर्माणमा प्रतिबद्धता

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रममार्फत सामाजिक सुरक्षा, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखेको छ । अध्यक्ष गणेश कुमार केसीले शुक्रवार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखेको हो ।  उक्त नीति तथा कार्यक्रम १५औँ गाउँ सभाबाट पारित समेत भएको छ ।

नीति तथा कार्यक्रममा गाउँपालिकाबाट तलब–भत्ता खाने करार कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक तथा नगर प्रहरीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने व्यवस्था गरिएको छ। यसले कर्मचारीको सामाजिक सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा विकास, समृद्धि, सामाजिक न्याय र सुशासनप्रतिको नागरिक अपेक्षा सम्बोधन गर्दै रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा जोड दिइएको छ। दिगो आर्थिक विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य गाउँपालिकाले अघि सारेको छ।

पारित नीति तथा कार्यक्रममा “समृद्ध त्रिवेणी, सुखी र सम्मानित त्रिवेणीवासी” को दीर्घकालीन सोचलाई साकार पार्ने प्रतिबद्धता व्यक्त गरिएको छ। गाउँपालिकाले स्थानीय स्रोत, सीप र सम्भावनाको अधिकतम उपयोगमार्फत समग्र विकासलाई गति दिने नीति तथा कार्यक्रम उल्लेख गरिएको छ । 

प्रकाशित मिति: शनिबार, असार ६, २०८३  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update