जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले भरुवा बन्दुक बरामद गरेको छ । आइतबार २ बजेतिर मुसिकोट नगरपालिका वडा नम्बर १ गुजिलढुंगाबाट प्रहरीले अवैध भरुवा बन्दुक बरामद गरेको हो ।
ओडारमा बेवारिसे अवस्थामा भरुवा बन्दुक छ भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दा एक नाल भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो ।
सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक मदनकुमार जैसीको कमान्डमा ५ जनाको प्रहरी टोली घटना स्थल पुगेको थियो । उक्त टोलीले ओडारमा लुकाई राखेको लोड नगरेको एक नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरी निरीक्षक परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त बन्दुक जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ भने थप अनुसन्धान भइरहेको छ ।




1686475760.jpg)


-1759842583.jpg)